प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • उत्पादन भएको तरकारीले बजार नपाउँदा खेर गएको कृषकहरुको गुनासो


    धादिङ, २२ कात्तिक ।
    धादिङका कृषकहरुले उत्पादन भएको तरकारीले बजार नपाउँदा खेर गएको गुनासो गरेका छन् । शुक्रबार धादिङबेशीमा सम्पन्न भएको बजार अध्ययनका लागि जिल्ला स्तरीय छलफल कार्यक्रममा उत्पादन भएको तरकारीले बजार नपाउँदा खेर गएको गुनासो गरेका हुन । जिल्लामा कृषि उत्पादनको क्षेत्र र कृषि बजारको सम्भाव्यता अध्ययनको विषयमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा कृषकहरुले कृषि क्षेत्रमा देखा परेका समस्याहरुको बारेमा गुनासो राखेका थिए ।मुना कृषि बजार र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयको आयोजनामा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय कृषि गर्दा विषादी प्रयोग नगरी उत्पादन नहुने भन्ने मानसिकता कृषकहरुमा देखिएको सहभागिहरुले गुनासो गरेका थिए । किसानहरुमा अर्गानिक खेती भनेको एउटा फेसन जस्तो हुने गरेको बताएका छन् । कार्यक्रममा काठमाण्डौ विश्वशिक्षालयका प्राध्यापक अच्युत प्रसाद वाग्लेले सहभागिहरुले उठाएका समस्याहरुको जवाफ दिदैँ धादिङको कुन–कुन क्षेत्रमा बजार व्यवस्थापनका सम्भावनाहरु रहेका छन् सो बारेमा अध्ययन गरीने बताउनुभएको छ । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा काठमाण्डौ विश्वशिक्षालयका प्राध्यापक अच्युत प्रसाद वाग्ले, निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा,निलकण्ठ नगरपालिकाका उप–मेयर मनराज भण्डारी(शैलेस) को आतिथ्य रहेको थियो ।