प्रमुख समाचार
  • गंगाजमुना गाउँपालिकाको ऐन,कानुन,कार्यबिधि र निर्देशिका राजपत्रमा प्रकाशन
  • हामी जनताको सेवक हौं,जनताको भलो चाहन्छौं ।
  • कस्तो बन्दैछ धादिङको सिद्धलेक ? (फोटो फिचर)
  • डिभिजन वन कार्यालय धादिङको सूचना
  • धादिङ महोत्सवको अन्तिम दिन आज लाइभ कन्सर्ट हुने
  • गजुरीको स्यामैडाडा खानेपानी योजनाको स्थलगत अनुगमन,योजनाबाट ३ सय २६ घर लाभान्वित
  • भ्रष्टाचार न्युनिकरण गर्न आ–आफ्नो आचरण सुधार गरौँ : जि.स.स प्रमुख नेपाल
  • ज्यान मार्ने उद्योगका फरार प्रतिवादी तामाङ २० वर्ष पछि पक्राउ
  • संघियताले सबै जातजात्तिको अधिकार स्थापित गर्छ: भक्ति प्रसाद लामिछाने
  • जरेबगैँचाका महिलाहरुलाई नेतृत्व विकास तालीम, सिकेको ज्ञान सीप व्यवहारमा उतार्ने प्रतिबद्धता
  • हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी २२ वर्ष पछी पक्राउ
  • जन्म उत्सवमा बालबालिकालाई स्टेशनरी सहयोग
  • लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत छेवाङमा सचेतनामूलक कार्यक्रम
  • गजुरीमा खानेपानी उपभोक्ता समितिलाई खानेपानी सुरक्षा योजना तालिम
  • मानसिक रोगको औषधी उपचारको लागी नीलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई


    धादिङ,१ मंसिर ।
    धादिङको नीलकण्ठ नगरपालिका वडा नं ६ सुनौला बजारमा भएको इन्द्र मोहन विस्णु स्मृति प्रथम खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सुनौलाबजारका स्थानीय समाज सेवी स्व. इन्द्रमोहन (विष्णु) श्रेष्ठको स्मृतिमा शुक्रबार देखी सुनौला बजारको टुडिँखेलमा सुरुभएको फुटबल प्रतियोेगिताको उपाधी बेनिघाट रोराङ गाउँपालिकाको भद्रकाली युवा क्लव मलेखुले हात पारेकोे छ । आज भएको फाइनल खेलमा आयोजक कम्युनिटी प्रोगेसलाई पेनाल्टीमा सुट आउटमा १ गोलले हराउँदै बेनिघाट रोराङ गाउँपालिका स्थित भद्रकाली युवा क्लव मलेखुले जितेको हो । प्रतियोेगितामा प्रथम हुने भद्रकाली युवा क्लव मलेखुले ३५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र र द्वितिय हुने आयोजक कम्युनिटी प्रोगेस नेपालले १५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र जितेको छ । प्रतियोगितामा उत्कृष्ट गोल किपर भद्रकालीका आर्यान तामाङ, उत्कृष्ट खेलाडी भद्रकालीकै शैलेन्द्र लामा,सर्वा्धिक गोलकर्ता आयोजक कम्युनिटी प्रोगेसका सन्जिव सिन्जाली र उत्कृष्ट डिफेन्डर पनि आयोजक कम्युनिटी प्रोगेसका सन्जित थापालाई नगद १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको सहकर्मी भिमसेन श्रेष्ठले बताउनुभयो । विस्णु नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका नेपाली काँग्रेका महादिवेशन प्रतिनीधि झंकनारायण श्रेष्ठ प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष गौतमहरि अधिकारी, वडा नं. ६ का अध्यक्ष उद्धव रिजाल,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका जिल्ला सदस्य लक्ष्मण रम्तेल लगायतको आतिथ्य रहेको श्रेष्ठले जानकारी दिनुभयो ।