प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण,भोलि रक्तदान कार्यक्रम गर्दै


    धादिङ, २२ कात्तिक ।
    शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्थाको लिमिटेडको १३ औ स्थापना दिवसको अबसरमा बालबालिकालाई स्टेसनरीका सामग्री वितरण गरेको छ। शुक्रबार धादिङबेशी स्थित सहकारीको स्थापना दिवसको अबसरमा बालबालिकालाई खेलकुद तथा स्टेशनरी सामग्री वितरण गरेको हो । शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्थाको लिमिटेडको आयोजनामा शुक्रबार धादिङबेशीका २ सय ७५ जना विद्यार्थिहरुको लागि खेलकुद तथा स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो । आफुहरुको सानो सहयोगले विद्यार्थिहरुलाइ अध्ययनमा सहज हुने विश्वासले स्टेशनरी सामग्री वितरण गरेको शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्थाको लिमिटेडकी अध्यक्ष चमेली बगाले काप्रीेले जानकारी दिनुभयो ।

    त्यस्तै सहकारीको स्थापना दिवसको अवसरमा धादिङबेशी स्थित क्याम्पसचोकमा भोलि शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित क्याम्पसचोकमा । शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्थाको लिमिटेडको १३ औ स्थापना दिवसको अबसरमा भोलि बृहत खुल्ला रक्तदान कार्यक्रम हुन लागेको हो ।
    शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्थाको लिमिटेडको आयोजना तथा धादिङ सोसियल भोलिन्टिएरको सह–आयोजना हुन लागेको बृहत खुल्ला रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग तथा मिडिया पाट्नर नीलकण्ठ एफ.एम, रेडियो धादिङ, रेडियो बिहानी,दिव्य दर्शन टेलिभिजन रहेको नेपाल रेडक्रस सोसाईटि धादिङ जिल्ला शाखाका सदस्य नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।भोलि शनिबार विहान ८ बजे देखि मध्यान्ह २ बजे सम्म नीलकण्ठ–३ धादिङबेशी स्थित क्याम्पसचोकमा हुने रक्तदान कार्यक्रममा स्वयमसेवि रक्तदाताहरुलाई रक्तदान गरी सहयोग गर्न आयोजकले हार्दिक अपिल गरेको छ । धादिङमा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला,पर्व,उत्सव,सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ ।