प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • सिद्धलेकको पात्लेमा ४० जनालाई बाख्रा उपहार


    धादिङ, १८ कात्तिक ।
    सिद्धलेक गाउँपालिका वडा नम्बर २ पात्लेमा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ ।प्रयास नेपाल धादिङ, बोहार फाउन्डेसन,हेफर ईन्टरनेशनल नेपाल र सिद्धलेक गाउँपालिकाको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत सोमबार ४० जनालाई बाख्रा उपहार गरीएको हो । शशक्तिकरण स्वालम्बी महिला समुहले प्रगतिशील र सिर्जनशील स्वबलम्बी महिला समुहका सदस्यहरुलाई २/२ ओटा बाख्रा वितरण गरेको हो । बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस पनि सँगै वितरण गरीएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले महिला ससक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गर्नुभयो । आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै उहाँले आफुले उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत आग्रह गर्नुभयो । गाउँपालिकाका उपाध्यक्ष कमला शर्माले गाउँपालिकामा कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने आफ्नो सोचमा प्रयास नेपालले सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो । यसैगरी वडाध्यक्षहरु रामहरि बराकोटी, कमल बहादुर गुरुङ, देव बहादुर पुलामी, टीका थपलिया ,चन्द्र सिलवालले सिद्धलेक गाउँपालिकामा कुनै पनी जग्गा बाझो राख्न नपाउने भन्दै उहाँले बाँझो राख्न नपाईने भनी गरेको निर्णयलाई पनि कार्यक्रमले सहयोग गरेको र महिला दिदिबहिनी मार्फत आयआर्जन र सकारात्मक सोच विकास भएकोमा गाउँपालिका खुशी रहेको र सहकार्य गरेको बताउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले समुदाय सामाजिक भावना हराउँदै गएको अबस्थामा सामाजिक पुँजि वृद्धि गर्नुको स्थानीय सीप,प्रविधि ,जमिनको प्रयोग गरि आयआर्जनको लागि कार्यक्रम गर्न गाउँपालिकाको सहकार्यमा सहयोग गरिएकोले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गर्नुभयो । हाल ५९ समूह र उपहार महिला कृषि सहकारी मार्फत कार्यक्रम संचालनमा रहेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो ।

    फुलबारी स्वावलम्बी महिला समुहका अध्यक्ष भोजमाया गुरुङको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा संघिय सासंद खेमप्रसाद लोहनीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल,उपाध्यक्ष कमला शर्मा, हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम कार्यक्रम अधिकृत बिशाल बस्नेत ,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, अध्यक्ष सबिता अर्याल, उपहार महिला कृषि सहकारीको अध्यक्ष सुनिता सिलवाल , संचारकर्मीहरु ,सिद्धलेकमा गठन भएका मुल तथा उपहार समुहका सदस्यहरको समेत उल्लेख सहभागीता रहेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो ।