प्रमुख समाचार
  • गंगाजमुना गाउँपालिकाको ऐन,कानुन,कार्यबिधि र निर्देशिका राजपत्रमा प्रकाशन
  • हामी जनताको सेवक हौं,जनताको भलो चाहन्छौं ।
  • कस्तो बन्दैछ धादिङको सिद्धलेक ? (फोटो फिचर)
  • डिभिजन वन कार्यालय धादिङको सूचना
  • धादिङ महोत्सवको अन्तिम दिन आज लाइभ कन्सर्ट हुने
  • गजुरीको स्यामैडाडा खानेपानी योजनाको स्थलगत अनुगमन,योजनाबाट ३ सय २६ घर लाभान्वित
  • भ्रष्टाचार न्युनिकरण गर्न आ–आफ्नो आचरण सुधार गरौँ : जि.स.स प्रमुख नेपाल
  • ज्यान मार्ने उद्योगका फरार प्रतिवादी तामाङ २० वर्ष पछि पक्राउ
  • संघियताले सबै जातजात्तिको अधिकार स्थापित गर्छ: भक्ति प्रसाद लामिछाने
  • जरेबगैँचाका महिलाहरुलाई नेतृत्व विकास तालीम, सिकेको ज्ञान सीप व्यवहारमा उतार्ने प्रतिबद्धता
  • हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी २२ वर्ष पछी पक्राउ
  • जन्म उत्सवमा बालबालिकालाई स्टेशनरी सहयोग
  • लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत छेवाङमा सचेतनामूलक कार्यक्रम
  • गजुरीमा खानेपानी उपभोक्ता समितिलाई खानेपानी सुरक्षा योजना तालिम
  • मानसिक रोगको औषधी उपचारको लागी नीलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल


    धादिङ,०३ मंसिर
    सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिकाको रुपमा चिनिएको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बताउनुभएको छ । धादिङको १३ स्थानिय तह मध्ये सिद्धलेक गाउँपालिका विकास निर्माण तथा प्रशासनिक चुस्तताका हिसाबले जिल्लाकै उत्कृष्ट गाउँपालिकाको रुपमा चिनिएको बताउनु भएको हो । सोमबार सिद्धलेक गाउँपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सो कुरा बताउनुभएको हो । नेपालले सिद्धलेक गाउँपालिकाले नागरिकको चाहाना अनुसार काम गर्दै अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो । नेपालले सिद्धलेक गाउँपालिकालाई आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी समृद्ध गाउँपालिका बनाउन सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ । सोमबार सिद्धलेक गाउँपालिका वडा नं. ५ बुङचुङमा नवनिर्मित वडा कार्यालय भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समिति धादिङ र सिद्धलेक गाउँपालिकाको संयुक्त लगानीमा ५ कोठे नव निर्मित भवनको निमार्ण कार्य सम्पन्न भएको हो । कुल लगानी ६६ लाखमा भवनको निर्माण कार्य सम्पन्न भएको सिद्धलेक गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष दिल वहादुर घलेले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले आफ्नो कार्यकालभित्र गाउँ पालिकाका सबै कच्ची सडकहरु कालोपत्रे गर्ने लक्ष्यका साथ अगाडि बढेको बताउनु भयो । गाउँपालिकाका सबै घरहरुमा १ घर १ धाराको लक्ष्यका साथ अगाडि बढेकाले तिर्खामुक्त गाउँपालिका निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नवनिर्मित वडा कार्यालय भवनको समुद्घाटन कार्यक्रमकै अबसरमा भवन निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गादाता गुरु प्रसाद पौडेल, वडा कार्यालय जाने बाटो दिने जग्गादाता हरि प्रसाद सिलवाल र जगमाया घलेलाई समेत सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । ७ वटा वडा रहेको सिद्धलेक गाउँपालिकाको हालसम्म ५ वटा वडामा आफ्नै सुविधा सम्पन्न पक्की भवनमा कार्यालय सञ्चालन भइराखेको छ ।
    सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौड्ल,नेकपा सिद्धलेक गाउँपालिकाका अध्यक्ष खुनराज थापा,सिद्धलेक गाउँपालिकाको ७ वटै वडाका वडाध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, गाउँपालिका भित्रका जनप्रतिनिधिहरु लगायत स्थानीय बसिन्दाहरुको सहभागिता रहेको थियो ।