प्रमुख समाचार
  • गंगाजमुना गाउँपालिकाको ऐन,कानुन,कार्यबिधि र निर्देशिका राजपत्रमा प्रकाशन
  • हामी जनताको सेवक हौं,जनताको भलो चाहन्छौं ।
  • कस्तो बन्दैछ धादिङको सिद्धलेक ? (फोटो फिचर)
  • डिभिजन वन कार्यालय धादिङको सूचना
  • धादिङ महोत्सवको अन्तिम दिन आज लाइभ कन्सर्ट हुने
  • गजुरीको स्यामैडाडा खानेपानी योजनाको स्थलगत अनुगमन,योजनाबाट ३ सय २६ घर लाभान्वित
  • भ्रष्टाचार न्युनिकरण गर्न आ–आफ्नो आचरण सुधार गरौँ : जि.स.स प्रमुख नेपाल
  • ज्यान मार्ने उद्योगका फरार प्रतिवादी तामाङ २० वर्ष पछि पक्राउ
  • संघियताले सबै जातजात्तिको अधिकार स्थापित गर्छ: भक्ति प्रसाद लामिछाने
  • जरेबगैँचाका महिलाहरुलाई नेतृत्व विकास तालीम, सिकेको ज्ञान सीप व्यवहारमा उतार्ने प्रतिबद्धता
  • हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी २२ वर्ष पछी पक्राउ
  • जन्म उत्सवमा बालबालिकालाई स्टेशनरी सहयोग
  • लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत छेवाङमा सचेतनामूलक कार्यक्रम
  • गजुरीमा खानेपानी उपभोक्ता समितिलाई खानेपानी सुरक्षा योजना तालिम
  • मानसिक रोगको औषधी उपचारको लागी नीलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।


    धादिङ, ०३ मंसिर
    सिद्धलेकको शेराबेसी खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।सोमबार सिद्धलेक गाउँपालिका ७ स्थित शेराबेसी खानेपानी योजनाको प्रारम्भिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । शेराबेसी खानेपानी योजनाको समितिका अध्यक्ष शंकर भण्डारीको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा,वडाध्यक्ष लक्ष्मण खतिवडा र रामहरि बराकोटीको आतिथ्य रहेको थियो । पुर्णिामा परियोजना अन्तरगत ६२ घरमा घर–घरमा धारा जडान सहितको योजना ४ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।
    त्यस्तै सोमबारनै गल्छीको बेलेनिटार खानेपानी तथा सरसफाइ योजनाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गल्छी गाउँपालिका २ स्थित बेलेनिटारको प्रारम्भिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । बेलेनिटार खानेपानी योजनाको समितिका अध्यक्ष धर्मराज खतिवडाको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा गल्छि गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिना, वडा नं २ को वडाध्यक्ष, स्थानीय समाजसेवी,शिक्षक सरोज खतिवडा लगायतको आतिथ्य रहेको थियो । पुर्णिामा परियोजना अन्तरगत बेलेनिटारका १ सय ७५ घरमा घर–घरमा धारा जडान सहितको योजना ४ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको दामोदर अर्यालले बताउनुभयो ।