प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • जिल्लामै पहिलो पटक बेनिघाटमा शिक्षक हाजिरी जवाफ प्रतियोगिता सुरु


    धादिङ, १८ कात्तिक ।
    बेनिघाटमा जिल्लामै पहिलो पटक शिक्षक हाजिरी जवाफ प्रतियोगिता सुरु भएको छ । सोमबारबाट बेनिघाट रोराङ गाउँपालिकाद्धारा धादिङ जिल्लामानै पहिलो पटक शिक्षक हाजिरी जवाफ प्रतियोगिता सुरु भएको हो । गाउँपालिका भित्र रहेका मा.वि, नी.मा.वि र आधारभुत तह कक्षा १ देखी ५ सम्मको तीन तह बनाएर बेनिघाट रोराङ गाउँपालिकाले शिक्षक हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको होे ।
    गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठकका अनुसार माध्यमिक तह स्तरीय हाजिरी जवाफ सोमबार बागेश्वरी मावि मलेखुमा, आधारभुत तह कक्षा ६ देखी ८ को शंखादेवि मावि मझिमटार कार्तिक १९ गते, र आधारभुत तह १ देखी ५ को चन्द्रोदय मावि बिशालटारमा कार्तिक २० गते प्रतियोगिता हुनेछ । बेनिघाट रोराङ गाउँपालिकाले शैक्षिक विकास र गुणस्तरीय शिक्षालाई जोड दिई रहेको बताउँदै शिक्षा अधिकृत पाठकले यो हाजिरी जवाफ प्रतियोगिताले शिक्षकमा नयाँ हौसला थपिएको बताउनुभयो । एकीकृत अखिल नेपाल शिक्षक सड़गठन धादिङका वरिष्ठ उपाध्यक्ष तिलक चेपाङ शिक्षक हाजिरी जवाफ प्रतियोगिता बेनिघाट रोराङले सुरु गरेकोमा खुसी व्यक्त गर्दै यस्तो कार्यक्रम सबै गाउँपालिकाले गर्नु पर्ने बताउनु भयो । फोटो : शेर बहादुर अधिकारी