प्रमुख समाचार
  • गंगाजमुना गाउँपालिकाको ऐन,कानुन,कार्यबिधि र निर्देशिका राजपत्रमा प्रकाशन
  • हामी जनताको सेवक हौं,जनताको भलो चाहन्छौं ।
  • कस्तो बन्दैछ धादिङको सिद्धलेक ? (फोटो फिचर)
  • डिभिजन वन कार्यालय धादिङको सूचना
  • धादिङ महोत्सवको अन्तिम दिन आज लाइभ कन्सर्ट हुने
  • गजुरीको स्यामैडाडा खानेपानी योजनाको स्थलगत अनुगमन,योजनाबाट ३ सय २६ घर लाभान्वित
  • भ्रष्टाचार न्युनिकरण गर्न आ–आफ्नो आचरण सुधार गरौँ : जि.स.स प्रमुख नेपाल
  • ज्यान मार्ने उद्योगका फरार प्रतिवादी तामाङ २० वर्ष पछि पक्राउ
  • संघियताले सबै जातजात्तिको अधिकार स्थापित गर्छ: भक्ति प्रसाद लामिछाने
  • जरेबगैँचाका महिलाहरुलाई नेतृत्व विकास तालीम, सिकेको ज्ञान सीप व्यवहारमा उतार्ने प्रतिबद्धता
  • हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी २२ वर्ष पछी पक्राउ
  • जन्म उत्सवमा बालबालिकालाई स्टेशनरी सहयोग
  • लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत छेवाङमा सचेतनामूलक कार्यक्रम
  • गजुरीमा खानेपानी उपभोक्ता समितिलाई खानेपानी सुरक्षा योजना तालिम
  • मानसिक रोगको औषधी उपचारको लागी नीलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग


    धादिङ, ०४ मंसिर ।
    नीलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईका अफिस नेपालले सहयोग गर्ने भएको छ । बुधबा कोईका अफिस नेपाल र निलकण्ठ नगरपालिका बिच सुचना प्रविधिको अभिलेख व्यवस्थापनको लागि सम्झौता भएको हो । निलकण्ठ नगपालिकाका उप–मेयर मनराज भण्डारी(शैलेस), निलकण्ठ नगरपालिकाका स्वास्थ्य अधिकृत विष्णु प्रसाद रिजाल, सुचना प्रविधि अधिकृत सुरज जोशी र कोईका अफिस नेपालका प्रतिनिधि सिर्जना श्रेष्ठ, क्जष्लभ जथभकयलन द्यबष्प र भोलेन्टीयर पष्वयलन क्भय बिच सुचना प्रविधिको सहयोगको लागि सम्झौता गरिएको हो ।
    नगरपालिकामा सुचना प्रविधिको अभिलेख व्यवस्थापनको लागि २६ लाख ७० हजार सहयोग गरीने सम्झौता भएको निलकण्ठ नगरपालिकाका सुचना प्रविधि अधिकृत सुरज जोशीले बताउनुभयो । बिगत २ वर्ष देखि कोईका अफिस नेपालले निलकण्ठ नगरपालिकाको सुचना प्रविधिमा आईपरेको समस्या तथा कामहरुको बारेमा सहयोग गर्दै आएको छ । सूचना तथा सञ्चार प्रविधि सूचना तथा जानकारीहरुमा पहुँच सृजना गर्दै तिनीहरुको भण्डारण, प्रसारण र आवश्यकतानुसार हेरफेर गर्नसक्ने गरी दूरसञ्चारजन्य सेवा र कम्प्युटर प्रविधिलाई एकसाथ संयोजन गरिएको एकीकृत प्रविधि हो । अर्को शब्दमा यो सञ्चारका साधन, सञ्चार प्रक्रिया र प्रविधिको संयोजित रुप हो । यसलाई सूचना प्रविधि (आईटी)को पर्यायवाची रुपमा पनि हेर्ने गरिन्छ तर सूचना सञ्चार प्रविधि (आईसीटी) आईटीभन्दा व्यापक, विस्तृत र एकीकृत रुपमा रहेको हुन्छ ।