प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • नीलकण्ठ मा.विद्धारा “नीलकण्ठ चौतारी” नामक शैक्षिक पत्रिका विमोचन

    धादिङ,१० असोज।
    धादिङमा पहिलो पटक नीलकण्ठ माध्यमिक विद्यालयले प्रकाशन गरेको शैक्षिक पत्रिका “नीलकण्ठ चौतारी” विमोचन भएको छ । शुक्रबार नीलकण्ठ माध्यामिक विद्यालयमा एक कार्यक्रमका बीच विमोचन विमोचन कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षा समन्वय ईकाई प्रमुख अम्बिका प्रसाद आचार्यले अवको शिक्षालाई प्राविधिक शिक्षाको रुपमा विकास गर्नको लागी जोड दिनुपर्ने बताउनुभयो । धादिङमा नीलकण्ठ माध्यमिक विद्यालयले विद्यार्थीहरुमा सिकाईको थलोको रुपमा कार्य गर्दै आएको आचार्यले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका आचार्यले नीलकण्ठ मा.वि नाममा मात्र नीलकण्ठ नभई काममा पनि नमुना नीलकण्ठको रुपमा विकसित हुनको लागी प्रयत्नशिल रहेकोे बताउनु भयो ।
    विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुक्रबार आयोजित शुभकामना आदन–प्रदानका साथै “नीलकण्ठ चौतारी” नामक शैक्षिक पत्रिकाको विमोचन कार्यक्रम सम्पन्न भएको हो । शुभकामना आदन–प्रदान तथा शैक्षिक पत्रिका विमोचन कार्यक्रममा आफ्नो भनाई राख्दै नीलकण्ठ माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बद्रि प्रसाद दाहालले लामो समयको प्रयासपछि यो वर्ष शैक्षिक पुस्तिका प्रकाशन गर्न सफल भएको र सो कार्यलाई निरन्तरता दिने बताउनु भयो । नीलकण्ठ माध्यामिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा यसै विद्यालयका विद्यार्थीहरु बिच अन्तर सदनात्मक नृत्य प्रतियोगिता समेत भएको थियो ।
    नीलकण्ठ माध्यामिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष बद्रि प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा समन्वय ईकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यको प्रमुख आतित्थ्य रहेको थियो । नीलकण्ठ क्याम्पसको व्यवस्थापन समितिका अध्यक्ष रामनाथ अधिकारीको विशेष आतित्थ्य रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक,शिक्षिका, विद्यार्थीहरु तथा संचारकर्मी लगायतको सहभागीता रहेको थियो ।