काठमाडौं, २१ माघ
सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल तालिका पुनः परिवर्तन भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार च्यासल र पुलिसको खेल बुधबारका लागि तय गरेको हो । यसअघि एन्फाले यी दुई टोलीबीचको खेल शनिबार हुने बताए पनि वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल दोस्रो पटकको लागि परिवर्तन गरेको हो ।
खेल दशरथ रंगशालामा दिउँसो एक बजेदेखि सुरु हुनेछ । यसअघि च्यासल युथ क्लबका १९ खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि पूर्वनिर्धारित समयमा हुन सकेकको थिएन ।
यस्तै एन्फाले लिगको १०औं चरणको खेल २८ माघबाट हुने जनाएको छ । यद्यपि, १०औं चरणका खेलहरुको तालिका भने सार्वजनिक गरिएको छैन ।
नवौं चरणको खेल सकिँदा मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । जारी लिगको पुछारमा रहने दुई टोली दोस्रो डिभिजनमा घटुवा हुनेछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |