धादिङ,२१ माघ।
धादिङमा चार हजार भन्दा बढिले कोरोना भाइरसविरुद्धको बुस्टर डोज (अतिरिक्त मात्रा) लगाएका छन् ।स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोख्रेलका अनुसार माघ २० गते बिहिबारसम्म जिल्लाका चार हजार २६३ जनाले बुस्टर डोज लगाएका छन् ।
धादिङमा १६ माघ २०७७ बाट सुरु भएको खोप अभियानमा दुवै डोज लगाएका व्यक्तिलाई बुस्टर डोज लगाइएको हो ।दुवै डोज लगाएको ६ महिना पुगेका अग्रपंक्तिमा खटिने र अत्यावश्यकीय क्षेत्रमा कार्यरतलाई बुस्टर डोज लगाइएको खोप अधिकृत पोखरेलको भनाई छ।
अग्रपंक्तिमा खटिने र अत्यावश्यकीय क्षेत्र(स्वास्थ्यकर्मी, निजामती कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र ६० बर्षभन्दा माथीका जेष्ठ नागरिक गरी ८ हजारलाई बुस्टर डोज लगाउने लक्ष्य रहेको तर हालसम्म ५२ प्रतिशतले मात्रै लगाएको उहाँले बताउनुभयो।अहिले जिल्लाका १ सय ५ भन्दा बढि खोप केन्द्रबाट बुष्टर खोप दिईरहेको उहाँले बताउनुभयो ।
यसैगरी धादिङमा १६ माघ २०७७ बाट सुरु भएको खोप अभियानदेखि हालसम्म १ लाख ९९ हजार ८९२ जनाले कोरोनाभाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने १ लाख ८९ हजार ८० जनाले दोस्रो मात्रा लगाएका छन् ।
जसमा १२ वर्षमाथिका लक्षित जनसंख्याको आधारमा ७९ प्रतिशतले पूर्ण मात्रा र लक्षित जनसंख्यामध्ये ८४ प्रतिशतले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
हाल जिल्लामा खोपको मौज्दात पर्याप्त मात्रामा भएकाले छुटेकाहरुले नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरि कोभिड खोप लगाउन स्वास्थ्य कार्यालय धादिङले अनुरोध गरेको छ।सरकारले चैत मसान्त सम्म सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । खोप नलगाएकाहरूलाई लगाउन सरकारले बारम्बार अनुरोध गर्दै आएको छ ।
तस्विर सिताराम अधिकारी
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |