काठमाडौं, २० माघ
मैत्रीपूर्ण खेलका लागि नेपाल आएकाे अफ्रिकी मुलुक मौरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रीभोज आयोजना गरिएको थियो । नेपाल-मौरिसस बिजनेस काउन्सिलले माैरिससकाे राष्ट्रिय फुटबल टिमलाई रात्रिभोजका साथै सम्मान गरेको हो । कार्यक्रममा नेपालका लागि मौरिससका महावाणिज्यदूत गणेश कार्की समेत थिए ।
महावाणिज्यदूत कार्कीले नेपालमा मौरिसस फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै खुसी लागेकाे भन्दै यस कार्यले नेपाल-मौरिससबीच मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुने र दुई देशबीच खेल, पर्यटन र भाईचारा विकास हुने बताए । उनले विश्वनै कोभिड महामारीमा रहेको बेला देखाएको सद्भाव अविस्मरणीय रहने पनि बताए । आगामी दिनमा पनि कोभिडको स्वास्थ्य मापदण्ड अपनाएर दुई देशबीचको पर्यटनलगायत क्षेत्रकाे विकास गर्न सफल हुने विश्वास व्यक्त गरे ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |