धादिङ,१९ माघ।
धादिङमा पछिल्लो २४ घण्टामा ११९ संक्रमित संक्रमण मुक्त भएका छन् भने थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज जिल्लाभर गरिएको ४० एण्टिजेन परिक्षणमध्ये नेत्रावती डबजोङमा ९ जना, ज्वालामुखीमा २ जना र बेनीघाट रोराङमा १ जना गरी १२ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
योसँगै जिल्लाको सक्रिय संक्रमित ४ सय ८९ पुगेको छ।संक्रमित मध्ये ४ सय ८० जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।
धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ३० प्रतिशत पुगेको छ ।मंगलबार मात्रै ३७ संक्रमित थपिएका थिए। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ३३६ पुगेको छ।
संक्रमित मध्ये ८ हजार ७८६ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |