काठमाडौं, १९ माघ
दक्षिण कोरिया कतार विश्वकप-२०२२ का लागि स्थान बनाउने दोस्रो एसियाली राष्ट्र बनेको छ ।
यसै हप्ता इरान विश्वकपमा छनोट हुँदा मंगलबार भएको खेलमा घरेलु टोली सिरियालाई २-० ले पराजित गर्दै कोरियाले विश्वकपमा स्थान बनाएको हो । दुबईको अल रसिद मैदानमा भएको खेलमा कोरियालाई जिताउन जिन सु किम र चिङ हुनले एक-एक गोल गरे ।
यससँगै समूह ‘ए’ बाट विश्वकपमा दुई टोलीले स्थान बनाए । इरान आठ खेलबाट २२ अंकसहित शीर्षस्थानमा रहँदै यसअघि नै विश्वकपमा स्थान बनाएको छ । समान आठ खेलमा २० अंक जोडेको कोरिया दोस्रो स्थानमा रहँदै छनोट भयो ।
यता, समूह ‘बी’ को खेलमा जापानले घरेलु मैदानमा साउदी अरेबियालाई २-० अन्तरले पराजित गर्यो । जापानको जितमा तुकुमी मिनामिनो र जुन्या इतोले एक एक गोल गरे । जापानको जितसँगै समूह ‘बी’ मा विश्वकपमा स्थान बनाउन तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ ।
आठ खेलबाट साउदी १९ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको जापानको १८ अंक छ भने १५ अंकको अष्ट्रेलिया तेस्रो स्थानमा छ ।
मंगलबार नै भएको खेलमा अष्ट्रेलियाले ओमानसँग २–२ गोलको बराबरी खेल्यो । यस समूहबाट समेत दुई टोली विश्वकपमा सिधै स्थान बनाउने छन् । दुवै समूहका तेस्रो टोलीबाट विजेता हुने टिमले दक्षिण अमेरिकी पाँचौ टोलीसँग प्रतिस्पर्धा गर्दै विश्वकपको ढोका खोल्न सक्नेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |