एजेन्सी
थाइल्यान्ड, १९ माघ
थाइल्यान्डका एक टाटु कलाकार आठ ओटा पत्नीसँग एउटै घरमा मिलेर बस्ने खुलासा गरेपछि उनी चौतर्फी चर्चामा छन् । परम्परागत यन्त्र शैलीका टाटु विज्ञ ओङ दाम सोरोट हालसालै एक जना प्रसिद्ध हास्य कलाकारसँग आफ्नो विवादास्पद वैवाहिक अवस्थाबारे एउटा कार्यक्रममा अन्तर्वाता दिएपछि उनको अनलाइन चर्चा बढेको हो ।
सोरोटले आठ ओटा विवाह गरेका छन् र उनीहरु सबै एउटै छानोमुनि बस्छन् । उनीहरुले एउटा ठूलो खुसीयाली परिवार मान्छन् । कार्यक्रममा सोरोटले आफ्ना हरेक पत्नीलाई परिचय दिँदै उनीहरुसँगको भेटबारे खुलासा गरेका छन् । त्यस्तै, आठै जना महिलाले आफ्ना पतीलाई दयालु र पृथ्वीकै सबैभन्दा विवेकशील पुरुष बताएका छन् । सबै पत्नीले उनीसँग अनौठौ तरिकाले बाँचेको दाबी गरेका छन् ।
सोरोटले पहिलो पत्नी नोङ स्प्राइटलाई साथीको विवाहमा भेटेका थिए । पहिलो भेटमै उनले विवाह प्रस्ताव गरेका थिए । दोस्रो पत्नी नोङ एललाई बजार र तेस्रो पत्नी नोङ नानलाई अस्पतालमा भेटेका थिए । त्यस्तै, चौथो, पाँचौ र छैटौं पत्नीलाई उनले क्रमशः सामाजिक सञ्जाल इन्टाग्राम, फेसबुक र टिकटकबाट भेटेका थिए । सातौ पत्नी नोङ फिल्मलाई मन्दीर जाँदा र अन्तिम पत्नीलाई चार जना श्रीमतीहरुसँग बिदामा पटैया घुम्न जाने क्रममा भेटेका थिए ।
‘उनी निकै हेरचाह गर्ने र हामीले अहिलेसम्म देखेकामध्यै सुझबुझ भएका पुरुष हुन्,’ आठै जना महिलाले भने । उनले राम्रो व्यवहार गरेकोले झगडा गर्नु नपरेको आठै जनाले बताएका छन् ।
जेठी पत्नीको तर्फबाट उनका एउटा छोरा छन् भने दुई जना पत्नी गर्भवती भएका छन् । आठ ओटा श्रीमती चार ओटा बेडमा सुत्छन् । हरेक बेडमा दुई जना पत्नी सुत्छन् । श्रीमानसँग बेड सेयर गर्न उनीहरुले पालो कुर्छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |