एजेन्सी
लन्डन, १८ माघ
बेलायतमा कोभिड प्रतिबन्धको समयमा प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटमा विभिन्न समयमा आयोजना भएका भोजबारे आलोचना भएपछि प्रधानमन्त्री बोरिस जोनसनले माफी मागेका छन् ।
‘भोज आयोजना गरिएको विषयमा म माफी माग्न चाहन्छु’, संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले भने, ‘यो महामारी हरेकका लागि कठिन थियो र मानिसहरुलाई विभिन्न त्याग गर्न अनुरोध गरिएको थियो । म उनीहरुको आक्रोश बुझ्छु ।’
तर, विपक्षीहरुले प्रधानमन्त्रीको राजीनामा मागेका छन् । लेबर पार्टीका नेता किर स्टार्मरले प्रधामन्त्रीले राजीनामा दिनुपर्ने पूर्ववत माग पुनः दोहो¥याए । भोज आयोजनाबारे प्रधानमन्त्रीकै पार्टी कन्जरभेटिभ भित्र पनि उनको विरोध हुँदै आएको छ ।
सो विषयबारे छानविन गर्न गठित समितिले भोज रोक्न नेतृत्व विफल भएको बताएको थियो । वरिष्ठ सरकारी कर्मचारी सुसान ग्रेको नेतृत्वमा गठित समितिले कोभिडको समयमा भोज आयोजना गर्न अनुमति दिनुमा ‘नेतृत्व दोषी’ भएको बताएकी छिन् ।
समितिले प्रधानमन्त्री निवासमा भएका १६ ओटा जमघटको अनुसन्धान गरेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |