एजेन्सी
काठमाडौं, १८ माघ
‘मिस अमेरिका २०१९’ विजेता चेस्ली क्रिस्टको ३० वर्षको उमेरमा निधन भएको छ । न्यूयोर्क सिटीको एक ६० तले भवनबाट लडेर उनको मृत्यु भएको हो ।
ब्युटी क्विन, वकिल, फेसन ब्लगर र टेलिभिजन पत्रकारसमेत रहेकी चेस्ली आइतबार बिहान ७ बजे भवनबाट लडेकी हुन् । भवनको नवौं तलामा बस्ने चेस्लीको मृत्यु आत्महत्या लक्षित रहेको प्रहरीको दाबी छ । यद्यपि चिकित्सकले हालसम्म उनको मृत्युको आधिकारिक कारण बताएका छैनन् ।
चेस्लीले सन् २०१९ मा ‘मिस नर्थ क्यारोलिना यूएसए’को उपाधि जितेकी थिइन् । यसअघि उनले ‘मिस युएसए २०१९’का ताज जितेकी थिइन् । सन् २०२० मा उनको फर्मले उनलाई आफ्नो पहिलो विविधता सल्लाहकार नियुक्त गरेको थियो । यसबाहेक सन् २०१९ मा चेस्लीले एक्स्ट्राका लागि न्यूयोर्क करेस्पोण्डेन्टका रुपमा काम सुरु गरेकी थिइन् ।
चेस्लीको जन्म सन् १९९१ मा मिसिगनको जेक्सन सहरमा भएको थियो । उनी दक्षिण क्यारोलिनामा हुर्किएकी हुन् । उनले साउथ क्यारोलिना युनिभर्सिटीमा पढिन् र सन् २०१७ मा वेक फरेस्ट युनिभर्सिटी स्कुल अफ लबाट ग्राजुएसन गरिन् । चेस्लीले नर्थ क्यारोलिना फर्म पोयनेर स्प्रुइल एलएलपीमा एक वकिल र सिभिल लिटिगेटरका रुपमा काम गरेकी थिइन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |