धादिङ,१७ माघ।
मालपोत कार्यालय धादिङले बार अनुसार सेवा प्रवाह गर्ने भएको छ ।
कार्यालयले सोमबार एक सुचना प्रकाशन गर्दै डिसिएमसि धादिङको १६ गतेको निर्णय अनुसार २० गते बिहीबारदेखि १३ वटा स्थानिय तहका सेवाग्राहीलाई बार अनुसार सेवा प्रवाह गर्न लागिएको जानकारी दिएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण माघ १० गते सोमबारदेखि अत्यावश्यक बाहेकका सेवा स्थगत गरीएको थियो ।
सेवा प्रवाह हुने स्थानिय तहअनुसार नीलकण्ठ नगरपालिकाका लागि आईतबार, धुनीबेशी नगरपालिकाका लागि सोमबार, ज्वालामुखी र सिद्धलेक गाउँपालिकाका लागि मंगलबार, बेनीघाटरोराङ र गजुरी गाउँपालिकाका लागि बुधबार, थाक्रे र गल्छी गाउँपालिकाका लागि बिहीबार, त्रिपुरासुन्दरी गाउँपालिकाको लागि शुक्रबार र रुवीभ्याली, खनियाबास, नेत्रावती डबजोङ, गंगाजमुन गाउँपालिकाको हकमा भने भने कार्यालय खुल्ने सबै बार सेवा उपलब्ध हुने कार्यालयले जनाएको छ ।
यस्तो छ,मालपोत धादिङद्धारा जारी सूचना
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |