काठमाडौं, १७ माघ
इंग्लिस क्लब ब्रेन्टफोर्डले डेनमार्कका मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई ६ महिनाका लागि अनुबन्ध गरेको छ ।
युरो कप-२०२० खेलका क्रममा मैदानमा अचेत भई लडेका क्रिष्टियन त्यसयता कुनै क्लबसँग पहिलोपटक जोडिएका हुन् । टोटनहमका पूर्वखेलाडी समेत रहेका इरिक्सन सात महिनापछि फुटबलमा पुनरागमन गर्न लागेका हुन् ।
२९ वर्षीय इरिक्सनले सन् २०२१-२२ को अन्त्यसम्म सम्झौता गरेको ब्रेन्टफोर्डले जनाएको छ । कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) जडान गरिएपछि इरिक्सन सिरी ए क्लब इन्टर मिलानमा सम्झौता नवीकरण गर्न असफल भएका थिए ।
‘म फेरि इरिक्सनसँग काम गर्न उत्साहित छु । उनी प्रिमियर लिगकै एक उत्कृष्ट मिडफिल्डर हुन्,’ ब्रेन्टफोर्डका म्यानेजर थोमस फ्राङ्कले भनेका छन् ।
यसअघि इरिक्सनले टोनटहमबाट २२६ खेल खेल्दा ५१ गोल गरेका थिए । उनी सात वर्ष टोटनहममा रहे । पछिल्लो पटक उनले इन्टर मिलानमा ४३ खेल खेल्दा चार गोल गरेका थिए । डेनमार्कका लागि १०९ खेलमा ३६ गोल गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |