काठमाडौं, १७ माघ
भारतमा ९० प्रतिशतले नागरिकले कोरोनाभाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।
सोमबार बजेट सत्रको अधिवेशन उद्घाटन गर्ने क्रममा दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गरेका राष्ट्रपति रामनाथ कोविन्दले खोप अभियान सुरु भएको एक वर्ष पुगेको र यसअवधिमा ९० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको पहिलो डोज लगाएको जानकारी दिएका हुन् ।
उनका अनुसार पहिलो मात्रा लगाउने ९० प्रतिशत रहँदा दुवै डोज लगाउने ७० प्रतिशत रहेका छन् । जनवरी २०२१ बाट भारतमा खोप अभियान सुरु भएको थियो । यो एक वर्षमा पहिलो मात्रा लगाउने ९० प्रतिशत र दुवै डोज लगाउने ७० प्रतिशत रहेको राष्ट्रपति कोविन्दले बताए।
उनका अनुसार भारतमा आठवटा खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको छ । भारतमा बनेका तीनवटा खोप आपतकालीन अवस्थामा प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले अनुमति दिएको उनले जानकारी दिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |