काठमाडौं, १७ माघ
नेपालमा खोप चिस्याउने प्रणाली सशक्त पार्न जापान सरकारले राष्ट्रसंघीय बाल कोष, युनिसेफमार्फत विभिन्न सामाग्री प्रदान गरेको छ । सहयोगअन्तर्गत जापानले उच्च गुणस्तरको खोप सामाग्री प्रदान गरेको हो ।
जापानले ९ ओटा वाक–इन–कुलर्स, ३८ ओटा सौय उर्जामा चल्ने फ्रिज, एक हजार १०९ ओटा लामो दूरीमा खोप बोक्ने सामग्री र ५३ ओटा चिस्याउने बाकस (कोल्ड बक्स) प्रदान गरेको हो ।
खोप सामग्रीका लागि जापानले गत वर्षदेखि निरन्तर नेपालभर सहयोग प्रदान गर्दै आएको छ । ‘नेपालले अहिले नयाँ भेरियन्टसहित कोभिडको तेस्रो लहर सामन गरिरहेको छ, जसका कारण खोप अभियान सरकारको उच्च प्राथमिकतामा परेको छ,’ नेपालका लागि जापानका दूत किकयुता युताकाले भने ।
खोप अभियानमा खोपको उचित भन्डार महत्वपूर्ण भएको र जापानको सहयोगको उदेश्य पनि भन्डारणको क्षमता बृद्धि र देशभर खोप वितरण गर्नु रहेको उनले बताए । जापानले प्रदान गरेको वाक–इन–कुलर ढुवानी योग्य भएको र तुलनात्मक रुपमा सस्तोमा चाँडै राख्न सकिने उनले बताए ।
त्यस्तै, सौर्य उर्जामा चल्ने फ्रिज विभिन्न क्षेत्रमा भन्डारणमा देखिएको समस्यासँग जुध्न सहयोग पुग्ने पनि उनले विश्वास गरे । जापानले निरन्तर रुपमा नेपाललाई वृहत सहयोग गर्दै आएको छ । नेपालमा कोभिडविरुद्ध पहल मजबुत पार्न जापानले अहिलेसम्म खोप, एम्बुलेन्स, मेडिकल तथा चिस्याउने उपकरणलगायतका सामाग्री अनुदान दिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |