एजेन्सी
काठमाडौं, १७ माघ
लोकप्रिय रियालिटी शो ‘बिग बोस १५’मा तेजस्वी प्रकाश नयाँ विजेता बनेकी छन् । विजेता बनेसँगै तेजस्वीले ट्रफीका साथ ४० लाख रुपैंयाँ पुरस्कार पनि जितिन् ।
शोमा प्रतीक सहजपाल फस्ट रनरअप र करण कुन्द्रा सेकेण्ड रनरअप बने । आइतबार राती भएको फिनालेमा निशान्त भट्ट, तेजस्वी प्रकाश, करण कुन्द्रा, प्रतीक सहजपाल र शमिता शेट्टीबीच ट्रफीका लागि कडा प्रतिष्पर्धा भएको थियो ।
तर निशान्त १० लाख रुपैंयाँ लिएर शोबाट बाहिरिएका थिए । जसलाई शोका होस्ट सलमान खानले पनि सही निर्णय भनेका थिए । यसपछि भोटको कमीका कारण शमितालाई अगाडि बढ्न अवरोध भएको थियो ।
अन्ततः तेजस्वी, करण र प्रतीकबीच भएको निर्णायक स्पर्धामा तेजस्वीले ‘बिग बोस १५’को उपाधि पोल्टामा पारिन् । शोको विजेता बनेसँगै तेजस्वी निर्मात्री एकता कपूरको लोकप्रिय टेलिभिजन शो ‘नागिन’को ‘नयाँ नागिन’ घोषित भइन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |