एजेन्सी
काबुल, १७ माघ
अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि बन्द भएका सार्वजनिक विद्यालय फेब्रुवरीदेखि फेरि खुल्ने भएका छन् । तालिवानका कार्यवहाक शिक्षामन्त्री शाइख अब्दुल बाकी हक्कानीले सो जानाकारी दिएका हुन् । तर, छात्रालाई पढ्न अनुमति दिने\नदिने विषयमा भने उनले केही खुलाएका छैनन् । यसअघि तालिवानले तालिवानले छात्राहरुलाई अलग्गै पढाइन सकिने बताएको थियो ।
गर्मी प्रान्तका विश्वविद्यालयहरु २ फेब्रुवरीबाट खुल्ने र अन्य प्रान्तमा २६ फेब्रुवरीदेखि मात्रै सञ्चालन गरिने उनले बताए । यसअघि
अहिलेसम्म तालिवान सरकारले देशका अधिकांश भागमा पुनः सञ्चालन गरेका माध्यामिक विद्यालयमा छात्रहरुका लागि मात्र अनुमति दिइएको छ । केही निजी विश्वविद्यालय पुनः खुलेका छन् । तर, अधिकांश छात्रा पढ्न गएका छैनन् ।
तालिवानले विदेशी अनुदान खोजिरहेकै बेला पश्चिमा सरकारहरुलेअफगानिस्तानमा छात्रा शिक्षालाई जोड दिँदै आएका छन् । तालिवानले १५ अगस्टमा अफगानिस्तानको सत्तापलट गरेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |