एजेन्सी
ओटावा, १७ माघ
अमेरिकी सीमा पार गर्न कोभिड खोप अनिवार्य बनाइएपछि त्यसको विरोधमा ट्रक ड्राइभरले गरेको प्रदर्शनमा क्यानडा दोस्रो दिन पनि ठप्प छ । फ्रिडम कन्भोय नाम दिइएको सो प्रदर्शनमा देशका विभिन्न स्थानबाट आएका ट्रक ड्राइभरले ट्रक तेर्साएर विरोध गर्दा राजधानी ठप्प भएको हो । प्रदर्शनमा हजारौंको सहभागीता छ ।
प्रदर्शनकारीहरुले अभद्र व्यवहार गरेको र ट्रक ड्राइभरहरुको आन्दोलन अराजक बन्दै गएको प्रहरीले जनाएको छ । एक अज्ञता सैनिकको चिहानमाथि महिला नाच्दै गरेको भिडियोबारे प्रहीले अनुसन्धान सुरु गरेको छ । रक्षामन्त्री अनिता आनन्दले ती घटना ‘निन्दनीय’ भएको बीबीसीले जनाएको छ । राजधानी सहरमा स्मारक तोडफोड गरेको विषयमा ओटावा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
ट्रक चालकहरुले संसद भवन वरपर ट्रक तेर्साएर राखेका छन् । केही प्रदर्शनकारीले रेस्टुरेन्टका कर्मचारीलाई दुव्र्यवहार गरेको जनाएका छन् । कर्मचारीले रेस्टुरेन्टभित्र मास्क लगाउनुपर्ने बताएपछि प्रदर्शनकारीले दुव्र्यवहार गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।
ड्राइभरको प्रदर्शन चर्किएपछि शनिबार प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवार सुरक्षाको कारण दर्शाउदै गोप्य स्थलतर्फ भागेको थियो ।
क्यानडा सीमा पार गर्ने १ लाख २० हजार ट्रक चालकमध्ये ९० प्रतिशतले खोप लगाइसकेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |