धादिङ,१६ माघ।
धादिङमा पछिल्लो २४ घण्टामा थपिने कोरोना संक्रमित भन्दा निको हुने बढि रहेका छन्। आज ७७ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ८५ संक्रमित संक्रमण मुक्त भएका छन्।
जिल्लाभर गरिएको १ सय ४३ एण्टिजेन परिक्षणमध्ये धादिङ अस्पतालमा १९, ज्वालामुखीमा १७, त्रिपुरासुन्दरीमा १२, धुनिबेसिमा ७, बेनिघाट रोराङमा ७, गंगाजमुनामा ५, गजुरीमा ५, नीलकण्ठमा ३ र नेत्रावती डवजोङमा २ गरी ७७ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
योसँगै जिल्लाको सक्रिय संक्रमित ६ सय २० पुगेको छ।संक्रमित मध्ये ६ सय ९ जना होम आइसोलेसनमा रहेका छन् भने ११ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।
धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ५३ दशमलब ८ प्रतिशत पुगेको छ ।केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।शनिबार मात्रै ७३ संक्रमित थपिएका थिए।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार २२५ पुगेको छ। संक्रमित मध्ये ८ हजार ५४४ निको भईसकेका छन् भने संक्रमणका कारण ८० जनाले ज्यान गुमाइसकेका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |