काठमाडौं, १६ माघ
भारतका कमेडी किङ कपिल शर्मा चिनाइरहनुपर्ने नाम होइन । उनको कमिक टाइमिङले उनलाई जहिल्यै लोकप्रिय बनाएको छ । कपिल नयाँ शो ‘आई एम नट डन येट’ लिएर दर्शकमाझ आएका छन् । यो शोमा उनका केही किस्सा दर्शकले थाहा पाइरहेका छन् ।
कपिल शर्मा कुनै समय डिप्रेसनको शिकार भएका थिए । उनले आफू डिप्रेसनमा हुँदा के गर्थे भन्ने कुराको खुलासा गरेका छन् । कपिल आफ्नो शो बन्द हुँदा डिप्रेसनमा पुगेका थिए ।
‘मेरो शो बन्द भएपछि म समय बिताउन आधा रातमा मदिरा पिउँदै नेटफ्लिक्समा नार्कोस हेर्थें । मेरो कुकुर जन्जीर पनि मसँगै हुन्थ्यो । किनकि म मदिराको सुरमा पूरा एपिसोड हेर्थे । त्यसपछि बिहान उठेर फेरि त्यही शो हेर्थें । मदिराले गर्दा केही कुरा सम्झँदैन थिएँ । त्यसकारण बिहान पुनः शो हेर्थें’, उनले भनेका छन् ।
कपिल डिप्रेसन विदेशीलाई मात्र हुन्छ भन्ने सोच्दथे । तर आफूलाई परेपछि उनले यो सबैलाई हुँदो रहेछ भन्ने भयो । उनले आफ्ना साथीभाईलाई पनि आफू डिप्रेसनमा भएको बताउने गरेका थिए । तर साथीहरुले भने दुई पेग मदिरा खाएर निस्किएपछि डिप्रेसन हट्छ भन्ने सल्लाह दिन्थे । अन्ततः उनले साथीको कुरा सुनेनन्, अनि एक राम्रो थेरापिस्टसँग आफ्नो उपचार गराए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |