एजेन्सी
प्योङयाङ, १६ माघ
उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ । स्थानीय समयअनुसार आईतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सवैभन्दा ठूलो मानिएको छ । यो उत्तरको यसै महिना गरिएको सातौं परीक्षण हो । उत्तरले प्रक्षेपण गरेको मिसाइल पूर्वी तटमा पुगेको दक्षिण कोरियाले जनाएको छ ।
दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले आइतबारको परीक्षण मध्यम श्रेणीको व्यालिस्टिक मिसाईल (आइआरबीएम) भएको जनाएको छ ।
जापान, दक्षिण कोरिया र अमेरिकाले पछिल्लो परीक्षणको निन्दा गरेका छन् । राष्ट्रसंघले उत्तर कोरियालाई व्यालिस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाएको छ । तर, उत्तरले भने ती प्रतिबन्धको उल्लंघन गर्दै आएको छ । नेता किम जोङ उनले देशको रक्षा अवस्था सशक्त बनाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।
सो मिसाईल २ हजार किलोमिटर उचाईमा पुगेको थियो । आठ सय किलोमिटरको दूरीमा ३० मिनेट उडेपछि मिसाईल जापानको समुद्रमा खसेको थियो ।
उत्तर कोरियाका बारम्बारका परीक्षणले राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको भन्दै राष्ट्रसंघले उत्तर कोरियालाई उत्तेजना रोक्न र वार्ता गर्न आह्वान गर्दै आएको छ ।
यसअघिका इतिहासलाई हेर्ने हो भने पनि उत्तर कोरियाले अन्य महिनाको तुलनामा जनवरीमा धेरै मिसाइल प्रहार गर्ने गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |