काठमाडौं, १६ माघ
नेपाल राष्ट्र बैंकले आईतबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर १२० रुपैयाँ ३७ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३३रुपैयाँ ३६ पैसा र बिक्री दर १३४ रुपैयाँ तीन पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २६ पैसा र बिक्री दर १६१ रुपैयाँ ०६ पैसा छ ।
स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ६५ पैसा र बिक्री दर १२९ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ८३ पैसा र बिक्री दर ८४ रुपैयाँ २५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २० पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९२ पैसा र बिक्री दर ३२ रुपैयाँ आठ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८९ पैसा र बिक्री दर ३३ रुपैयाँ ६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |