काठमाडौँ, माघ १६ गते ।
कानुनविद्ले तोकिएका समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् ।
प्रेस चौतारी नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन संवैधानिक र कानुनी व्यवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भटराईले निर्धारित मितिमा स्थानीय तहको निर्वाचन नभए जनप्रतिनिधि स्वतः नरहने बताउनुभयो ।
“संविधानमा सङ्घ, प्रदेश र स्थानीय सरकारबारे अलग–अलग अस्तित्वसहित पाँचवर्षे अवधि तोकिएको र विगतको अनुभवका आधारमा संविधानमै स्थानीय तह कहिल्यै भङ्ग नहुने र केन्द्रले चाहेर पनि भङ्ग गर्ने अधिकारको परिकल्पना संविधानमा गरिएको छ”, उहाँले भन्नुभयो, “स्थानीय तहका जनप्रतिनिधिको पदावधि बढाउन नपाइने सविधानमै उल्लेख गरिएको छ । त्यसैले तोकिएको समयमै निर्वाचन हुनुपर्दछ ।”
अर्का वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले स्थानीय सरकारको पदावधिसँगै सम्बन्धित नै नहुने धारा २२५ को कुरा तेस्र्याएर २०५४ सालपछिको स्थिति सिर्जना गर्न खोजिएको बताउनुभएको छ ।
“ विगतमा २० वर्षसम्म स्थानीय तह जनप्रतिनिधिविहीन भएको अवस्थालाई हेरेर नै संविधानमै स्थानीय तहको कार्यकाल पाँच वर्ष तोकिएको हो । स्थानीय तह खाली हुँदैन । स्थानीय तह प्रधानमन्त्री र सभामुखजस्तो पद होइन, कामचलाउ गर्न पाइँदैनन्”, उहाँले भन्नुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |