धादिङ,१५ माघ ।
धादिङमा आज ७३ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ६९ संक्रमित संक्रमण मुक्त भएका छन्।
आज जिल्लामा ९९ एण्टिजेन परिक्षण गरिएकोमा ज्वालामुखीमा १५, धुनिबेशीमा ११, गंगाजमुनामा ७, त्रिपुरासुन्दरीमा ६, गजुरी, रुवीभ्याली र नेत्रावतीमा ५/५ जना र नीलकण्ठमा १ जना गरी ५५ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
यस्तै धादिङ अस्पतालमा गरीएको ३२ पिसिआर परिक्षणमा १८ जनामा कोरोना पोजिटिभ देखिएसँगै आज जिल्लामा ७३ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
योसँगै जिल्लाको सक्रिय संक्रमित ६ सय २८ पुगेको छ।संक्रमित मध्ये ६ सय २१ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।
धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ५५ दशमलब ७ प्रतिशत पुगेको छ ।
केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।शुक्रबार मात्रै ४६ संक्रमित थपिएका थिए।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार १४८ पुगेको छ।
संक्रमित मध्ये ८ हजार ४५९ निको भईसकेका छन् भने संक्रमणका कारण ८० जनाले ज्यान गुमाइसकेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |