काठमाडौं,१५ माघ
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ ।
सीसीएमसी व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले माघ मसान्तसम्म विद्यालयमा पठनपाठनमा लगाइएको रोकलाई निरन्तर राख्न सिफारिस गरेको छ ।
सिसिएमसीका प्रवक्ता सुनिता नेपालका अनुसार केन्द्रले विद्यालय बन्दलाई थप १५ दिन लमब्याउन सिफारिस गरेको हो ।
यसअघि सरकारले माघ १५ गतेसम्मलाई विद्यालयमा भैतिक उपस्थितिमा अध्ययन अध्यायपन बन्द गर्ने निर्णय गरेको थियो ।
त्यस्तै बैठकले विश्वविद्यालयका परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस गरेको छ ।
त्यस्तै आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखाना पनि माघ मसान्तसम्म बन्द गर्न बैठकले सिफारिस गरेको छ ।
त्यस्तै सिनेमा हल, पार्टी प्यालेससहितका क्षेत्रलाई पनि माघ मसान्तसम्म बन्द राख्न सिफारिस गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |