काठमाडौँ,१४ माघ ।
एजेन्सी
पाकिस्तानमा भएको आतंकवादी हमलामा १० जना सैनिकको ज्यान गएको छ।
बलोचिस्तान प्रान्तको केच जिल्लाको एक चौकीमा आतंकवादी हमलामा १० जना सैनिकको ज्यान गुमाएको पाकिस्तानी सेनाले जनाएकाे छ। सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले घटनाबारे विज्ञप्ति जारी गर्दै उक्त घटनाको पुष्टि गरेको हो।
बिहीबार राति आतंकवादीहरूले अचानक हमला गरेको र एक आतंकवादी पनि मारिएको सेनाले उल्लेख गरेको छ। घटनाको अहिलेसम्म कुनै पनि विद्रोही वा आतंकवादी समूहले जिम्मेवारी लिएको छैन्।
इरान र अफगानिस्तानको सीमा जोडिएको बलोचिस्तान लामो समयदेखि चलिरहेको हिंसात्मक विद्रोहको केन्द्र हो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |