धादिङ,१४ माघ।
राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एवम् धादिङका इञ्चार्ज दिपक खतिवडाको गाडी तोडफोड भएको छ।
नेपाली कांग्रेस गजुरी गाँउपालिकाका सहसचिव नानिराम पराजुलीसँगको विवादलाई दिएर कांग्रेस कार्यकर्ताहरुले आफ्नो गाडी तोडफोड गरेको खतिवडाले बताउनुभयो।
खतिवडाले भन्नुभयो,‘हामी विवाह भोजमा थियौं,नानिराम पराजुली सँग भनाभन भयो।’ उनले मुख छाड्न थालेपछि आफुले घचेटेको र यसै विषयलाई लिएर मिडियावाजी गरी कांग्रसले राजिनीति करण गर्न खोजेको उनले आरोप लगाउनुभयो।
आफूलाई प्रहरीले पक्राउ नगरेको र सोधपुछको लागि बोलाएको र आफू प्रहरी हिरासदमा नरहेको बताउँदै केहि मिडियामा दिपक खतिवडा पक्राउ भन्ने समाचार निराधार रहेको समेत उहाँले बताउनुभयो।
नानिराम पराजुलीको आफन्तले भने खतिवडाले मुक्का प्रहार गरेका कारण गाला सुन्निएको र नाकबाट रगत आएकोले गजुरी सामुदायीक अस्पतालमा उपचार गरिएको बताएका छन् ।
केहि महिना अघि मात्रै नानिराम एमाले परित्याग गरि कांग्रेसको गजुरी गाँउपालिकाका सहसचिव बनेका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |