एजेन्सी
न्युयोर्क, १४ माघ
अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनप्रति आफ्नो समर्थन रहेको दोहोराएका छन् । युक्रेनका राष्ट्रपति किभ भोलोदिमिर जेलेन्सिकीसँगको टेलिफोन वार्तामा रसियासँगको विवादमा बाइडेनले युक्रेनप्रतिको आफ्नो समर्थन दोहोराएका हुन् ।
युक्रेनमा रसियाली सैन्य दवावको विरुद्धमा बाइडेनले एकीकृत पश्चिमा मोर्चा खडा गर्ने प्रयासमा छन्, जसका कारण मस्को क्रुद्ध बनेको छ । हाल एक लाख भन्दाबढी रसियाली फौज युक्रेनको सीमानजिक तैनाथ छन् ।
जेलेन्सिकीसँगको वार्तामा बाइडेनले रसियाले युक्रेनमाथि थप अतिक्रमण गरे आफ्ना गठबन्धन र साझेदार देशहरुको सहयोगमा निर्णायक जबाफ दिने आश्वासन दिएका थिए ।
सो अवसरमा बाइडेनले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखन्डताप्रति अमेरिकी प्रतिबद्धतामासमेत जोड दिएका थिए ।
वार्तामा रसियाको दबाबबीच युक्रेनलाई थप आर्थिक सहयोग प्रदान गर्ने विषयमा वासिंगटनले अध्ययन गरिरहेको बाइडेनले बताएका थिए ।
सो अवसरमा युक्रेन तनाब बढिरहेका बेला त्यहाँबाट आफ्ना नागरिकलाई स्वदेश फर्किन अमेरिकाले गरेको आह्वानको युक्रेनका राष्ट्रपतिले आलोचना गरेका थिए । त्यसको जबाफमा बाइडेनले अमेरिकी दूतावास खुला रहने र पूर्ण रुपमा काम गर्ने विश्वास दिलाएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |