नेकपा एमाले प्रदेश एकले राष्ट्रिय सभा निर्वाचनका क्रममा अन्तरघात गर्नेहरुमाथि छानबिन गरी दोषीमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रदेश नम्बर १ अध्यक्ष तुलसी न्यौपानेले विहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी भित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाइएको उल्लेख गरिएको छ ।
‘पार्टी भित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले यो राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाइएको छ। पार्टी निर्णय र हित विरुद्धमा चालिएका त्यस्ता अन्तरघाती कदमको वस्तुनिष्ठ छानबिन गरी दोषी उपर कडा कार्यवाहि गर्न हाम्रो पार्टी नेकपा एमाले कृतसंकल्पित छ’ न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बुधबार सम्पन्न निर्वाचनमा प्रदेश एकबाट एमालेका उमेद्वार सोनाम गेल्जेन शेर्पा विजयी भएका थिए भने अर्का उम्मेदवार गुरु बराल पराजित भएका थिए । उनी आफ्नै पार्टीका दुई सांसदको मत नपाउँदा पराजित भएको बताइएको छ ।
शेर्पालाई बधाई दिँदै विज्ञप्तिमा पाँच दलीय गठबन्धनविरुद्धको जीतमा सहयोग गर्नेहरुमा शुभकामना दिइएको छ ।
‘ईतिहासका बेग्ला बेग्लै कालखण्डहरुमा अनेकौ षडयन्त्र, घात-प्रतिघात र प्रतिकुलताहरुलाई पराजित गर्दै नेपाली जनताको न्यानो माया, सद्भाव र भरोसाको मजवुत जगमा नेकपा (एमाले) खडा छ’ विज्ञप्तिमा भनिएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |