धादिङ,१३ माघ।
धादिङमा आज ४८ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ९९ संक्रमित संक्रमण मुक्त भएका छन्।
आज जिल्लामा १७ एण्टिजेन परिक्षण गरिएकोमा गंगाजमुनामा १० र बेनिघाटमा २ जना गरी १२ जना र धादिङ अस्पतालमा गरिएको ७७ पिसिआर परिक्षणमा ३६ जना गरी जिल्लामा जम्मा ४८ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
योसँगै हाल जिल्लाको सक्रिय संक्रमित ६ सय १४ पुगेको छ।संक्रमित मध्ये ५ सय ९८ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।
धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ५१ दशमलब ०२ प्रतिशत पुगेको छ ।
केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।बुधबार मात्रै २७ संक्रमित थपिएका थिए।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार २९ पुगेको छ। संक्रमित मध्ये ८ हजार ३५४ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |