काठमाडौं, १२ माघ
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश बचाउने र धर्म जोगाउने आफ्नो पार्टीको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गरेका छन् ।
राप्रपा केन्द्रीय कार्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यथास्थितिको निरन्तरताले देश बर्बाद हुने भएकाले देश र धर्मको रक्षाका लागि युवाहरू लागि पर्नुपर्ने बताए । यसका लागि राप्रपाको देश र धर्म रक्षाको अभियानमा सहभागी हुनुपर्ने उनको भनाइ छ ।
‘यथास्थितिको निरन्तरताले देश बर्बाद हुने अवश्यम्भावी छ, युवाहरुले राजनीतिलाई घृणा गर्ने होइन, देश बचाउने र धर्म जोगाउने राप्रपाको अभियानमा समाहित हुन ढिला नगरौं किनकि हामीसँग समय कम छ,’ अध्यक्ष लिङ्देनले भने ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |