एजेन्सी
नयाँ दिल्ली, १२ माघ
भारतले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलका सीइओ सुन्दर पिचाई र माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सीइओ सत्य नाडेलालाई पद्म भूषणले सम्मान गरेको छ । पद्म भूषण भारत रत्न र पद्म विभूषणपछिको भारतको तेस्रो ठूलो सम्मान हो ।
७३ औं गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई सो सम्मान दिइएको हो । व्यापार र उद्योग श्रेणी अन्तर्गत उनीहरुलाई सो सम्मान दिइएको हो । उनीहरु दुबै भारतीय मूलका अमेरिकी व्यवसायी हुन् । मद्रासमा १० जुन १९७२ मा जन्मिएका पिचाईले पश्चिम वंगालको औधोगिक सहर खड्पुरको इन्डियन इन्स्टिच्युटबाट स्नातकोत्तर गरेका हुन् ।
त्यस्तै,माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सीइओ नाडेलको जन्म सन् १९६७ को १९ अगस्टमा हैदराबादमा भएको थियो । सरकारले यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र १०७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |