धादिङ,१२ माघ।
नेपालमा कोरोनाका सक्रिय संक्रमित ९० हजार नाघेका छन्।
पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ नमुना परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले आज प्रेस बिफ्रिङका क्रममा बताउनुभयो।
आज देशभरका प्रयोगशालाबाट १३ हजार ५४९ जनाको पीसीआर गर्दा ५ हजार ५७१ र ६ हजार ८१० जनाको एन्टिजेन परिक्षणमा २ हजार ८ सय ८३ गरी ८ हजार ४५४ जनामा सङ्क्रमण पुष्टि भएको डा.पौडेलले बताउनुभयो।मंगलबार १२ हजार ८ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या १० लाख ५४ हजार ८८ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ४ हजार ४३३ संक्रमित डिस्चार्ज भएसँगै संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ३१ हजार ७१२ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ५ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६७२ पुगेकोे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.पौडेलले बताउनुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |