काठमाडौं, १२ माघ
राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व वरीयतामा जुनियर महिला एकल तर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् ।
जुनियर महिला एकल तर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियर तर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन् ।
नेपाल ब्याडमिन्टन संघले विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियर तर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको शान, मानलाई उच्च राख्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ मेहनतका साथ अगाडी बढ्न सफलता प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरेको छ ।
साथै संघले नेपाली ब्याडमिन्टन खेलाडीहरूले एक पछि अर्को उचाईलाई छुन सफल भएकोमा खुशी व्यक्त गर्दै नेपाल ब्याडमिन्टन संघमाथि खेलाडीहरूको स्तरलाई कायम राख्न र अन्य खेलाडीहरूको स्तरलाई पनि उकास्न थप दवाव परेको र त्यसमा संघ सदा अग्रसर रहने विज्ञप्तिमा जनाएको छ ।
विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेकोमा नेपालका अर्का उदियमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकल तर्फ पहिलो नम्बरमा
पुग्न सफल भएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |