काठमाडौं,१२ माघ
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि एक तिहाइ दर्शकलाई मैदान प्रवेश दिने भएको छ ।
एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलका लागि मैदानको कुल क्षमताको ३३ प्रतिशत दर्शकलाई मैदान प्रवेशका लागि अनुमति दिने भएको छ ।
यस्तै एन्फाले मैदानको टिकट दर समेत निर्धारण गरेको छ । भिआइपी तर्फ एक हजार र सामान्य तर्फ पाँच सय टिकट निर्धारण गरिएको हो।
यस्तै एन्फाले दुवै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने बताएको छ ।
यस अघि एन्फा दर्शक प्रवेशमा अनिर्णीत बनेको थियो । जिल्ला प्रशासनको स्वीकृत पछि एन्फा मैदानमा दर्शक प्रवेश गराउने निर्णयमा पुगेको हो ।
खेलको लागि मौरिसस टोली हिजो (सोमबार) नै नेपाल आइसकेको छ । यता, नेपाली टोली भने प्रशिक्षणमा व्यस्त छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । जसमा ९ खेलाडीले पहिलो पटक अवसर पाएका छन् ।
प्रशिक्षक अब्दुल्लाहले केही दिनमै २३ सदस्यीय टिम घोषणा गर्नेछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |