धादिङ,११ माघ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ स्थित कटुञ्जेमा नेपालका प्रथम कवि सुवानन्द दासको प्रतिमा स्थापना गरिएको छ।
प्रतिमाको सोमबार संघिय सांसद खेम प्रसाद लोहनी,गाउँपालिका अध्यक्ष दुर्ग कुमार शाक्य र अनुसन्धाता डा.नवीनवन्धु पहाडीले संयुक्त रुपमा अनावरण गर्नुभएको होे।वि.सं. १८२५ तिर कवि सुवानन्द दासले रचना गरेको पृथ्वीनारायण शाह कविता नेपाली भाषाको पहिलो कविता मानिएको छ जुन कविता इतिहासकार बाबुराम आचार्यले सङ्कलन गरेका थिए ।
तर उनको जन्म कहाँ र कहिले भएको थियो भन्ने अन्योल कायम थियो ।साहित्यकार तथा अन्नुसन्धाता डा.पहाडीले नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा गर्नुभएको अनुसन्धानपछि उहाँ धादिङको कटुञ्जेमा जन्मिएको पुष्टि भएको थियो।
ऐतिहासिक व्यक्तित्वको सम्मानको लागि गाउँपालिकाबाट बिनियोजित रु. ५ लाखको लागतमा अर्धकदको प्रतिमा अनावरण गरिएको गाउँपालिकाका अध्यक्ष शाक्यले बताउनुभयो।
साथै प्रतिमा अनावरण समारोहकै अवसर पारी गाउँपालिकाको ऐतिहासिक अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।प्रतिमा अनावरण समारोहमा अनुसन्धाता तथा लेखक राजु भट्ट महेन्द्र उपाध्याय लगायतको उपस्थिति रहेको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |