धादिङ,१० माघ।
धादिङका थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज जिल्लामा १७५ एण्टिजेन परिक्षण गरिएकोमा त्रिपुरासुन्दरीमा ३०,धादिङ अस्पतालमा २९, गंगाजमुनामा २४, धुनिबेसिमा १५, गजुरीमा ८, धादिङ आयुर्वेद हेल्थ सेन्टरमा ७, ज्वालामुखिमा ३, रुवी भ्यालिमा ३ गरि जिल्लामा ११९ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।यस्तै आज थप २३ संक्रमित संक्रमण मुक्त भएका छन्।
हाल जिल्लाको सक्रिय संक्रमित ६ सय २ पुगेको छ।संक्रमित मध्ये ५९५ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।
धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ६८ प्रतिशत पुगेको छ ।केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।
आईतबार मात्रै ६२ संक्रमित थपिएका थिए।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ८ सय ४७ पुगेको छ। संक्रमित मध्ये ८ हजार १८४ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |