काठमाडौं, ९ माघ
कानुन व्यवसायीहरूले सत्तारुढ दलहरुलाई संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै संशोधन गर्न सुझाव दिएका छन् ।
आइतबार सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरुसँग छलफलमा कानुन व्यवसायीहरुले संविधानअनुसार कार्यकाल सकिएको ६ महिनाभित्र स्थानीय तह निर्वाचन गर्ने गरी ऐन संशोधन गर्न सुझाव दिएका हुन् ।
स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ३ र संविधानको धारा २२५ बाझिएको देखिएकाले संविधानको धारा १ अनुसार यस संविधानसँग बाझिएका कानुनहरु बाझिएकोहरुसम्म अमान्य हुने छ भन्ने व्यवस्था भएकाले सो अनुसार कानुन संशोधन गर्ने सुभाव आएको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारले जनाएको छ ।
आजको छलफलमा कानुन सचिव, महान्याधिवक्ता र सत्तारुढ दलहरु निकट कानुन व्यवसायी लगायत सहभागी थिए ।
तीनै तहको निर्वाचन एकैपटक गर्नेवारे गठबन्धनमा छलफल जारी रहँदा स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा हुनु पर्ने र त्यसो नहुँदा संविधान विपरित हुने कतिपयको तर्क जारी रहँदा कानुन व्यवसायीसँग गठबन्धनका नेताहरुले छलफल गरेका हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |