धादिङ,०९ माघ।
धादिङका थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज जिल्लामा ९९ एण्टिजेन परिक्षण गरिएकोमा ज्वालामुखीमा १७, धुनुबेशीमा १५, गजुरीमा ११, निलकण्ठमा ७ र गंगाजमुनामा ६ गरि जिल्लामा आज ६२ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
आज ९ संक्रमित संक्रमण मुक्त भएका छन्।हाल जिल्लाको सक्रिय संक्रमित ५०६ रहेका छन्।संक्रमित मध्ये ४९९ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।
धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ६२ दशमलव ६ प्रतिशत पुगेको छ ।केही दिनयता संक्रमण दर बढ्दै गएको छ । शनिबार ६१ संक्रमित थपिएका थिए।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ७ सय २८ पुगेको छ। संक्रमित मध्ये ८ हजार १६१ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |