धादिङ,०८ माघ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, धादिङले स्वास्थ्यकर्मीलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाल लम्साल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै स्वास्थ्यकर्मी संघले स्वास्थ्यकर्मीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेको हो ।
स्वास्थ्यकर्मीको उचित आइसोलेशन व्यवस्था गर्न, संक्रमित स्वास्थ्यकर्मीहरुको निशुल्क उपचार व्यवस्था मिलाउन, स्वास्थ्यकर्मीलाई सुरक्षित काम गर्ने वातावरण, सुरक्षाको ज्ञारेन्टी, स्वास्थ्य सुरक्ष सामाग्रीको सहज उपलब्धत गराउन राष्ट्रिय स्वास्थ्यकर्मी संघले सरकार समक्ष आग्रह गरेको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघले करारमा नियुक्त गरेर महामारीको समियमा म्याद सकिएका स्वास्थ्यकर्मीहरुको करार अवधी थप गर्न समेत माग गरेको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ धादिङका अध्यक्ष बोधप्रसाद नेपालद्धारा हस्ताक्षरित ज्ञापन–पत्रमा स्वास्थ्यकर्मीलई दिने भनिएको जोखिम भत्ता उपलब्ध गराउन, नेपाली दुई तिहाइलाई कोरोना खोप पुर्याउन, जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न गराउन व्यवस्था मिलाउन माग गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |