विभिन्न विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सात विद्यार्थी संगठनले विद्यार्थीले सहज अध्ययन गर्न पाउने वातावरण बनाउन माग गरेका छन् ।
संयुक्त विज्ञप्तिमा नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही र अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर गरेका छन् ।
मेडिकल कलेजले विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको, विद्यार्थी र अभिभावकलाई धम्की दिएको र चर्को मूल्यमा नियम विपरीत छात्रावासलाई अनिवार्य बनाई विद्यार्थी र अभिभावकलाई लुट्ने षड्यन्त्र गरेको विद्यार्थी संगठनको आरोप छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |