धादिङ,०७ माघ।
धादिङका थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज जिल्लामा २०६ एण्टिजेन परिक्षण गरिएकोमा गजुरी गाउँपालिकामा १७ जना, त्रिपुरासुन्दरीमा १५, धुनिबेसि नगरपालिकामा १४, नेत्रवाति डवजोङमा १२, निलकण्ठ नगरपालिकामा ११, गल्छी र ज्वालामुखीमा ४/४ जना, गंगाजमुना र रुवीभ्यालिमा ३/३ जना र बेनिघाटमा २ गरि जिल्लामा ८५ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। बिहिबार ६९ संक्रमित थपिएका थिए।
हाल जिल्लाको सक्रिय संक्रमित ४१५ रहेका छन्।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ४१.१ प्रतिशत पुगेको छ ।केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ६ सय ५ पुगेको छ। संक्रमित मध्ये ८ हजार १३८ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |