नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएको छ । माघ ५ गते राति १२ बजेदेखि लागू हुनेगरि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साबिक मूल्यमा ३ रुपैयाँ बढाइएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ ।
यस्तै, आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ । अब हवाई इन्धनको मूल्य आन्तरिकमा प्रतिलिटर १०६ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रियमा ९९५ अमेरिकी डलर प्रतिकिलोमिटर पुगेको छ। एलपी ग्यासको मूल्य भने बढाइएको छैन ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |