धादिङ,०५ माघ।
धादिङमा कोरोना संक्रमण दर (पर्सेन्टेज पोजिटिभिटी रेट) झन्डै ६२.३ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार मंगलबार मात्रै जिल्लामा १५९ जनाको परीक्षण गर्दा ९९ जनामा कोरोना पुष्टि भएको हो ।
मंगलबार निलकण्ठमा २८, धुनिबेसीमा १९, ज्वालामुखीमा १२, त्रिपुरासुन्दरीमा १२, गल्छीमा ९, गजुरीमा ९, बेनिघाट रोराङमा ७ र गंगाजमुना गाउपालिकामा ३ गरि ९९ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमित हुनेमा ५३ महिला र ४६ पुरुष रहेका छन् ।
धादिङमा केही दिनयता संक्रमण दर बढ्दै गएको छ । सोमबार ४८ जना, आईतबार २३ जना र शनिबार पनि २३ संक्रमित थपिएका थिए।
हाल जिल्लाको सक्रिय केश २४४ पुगेको छ। संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ४ सय १५ पुगेको छ।संक्रमित मध्ये ८ हजार ११९ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |